पेट र कम्मरको मोटोपन यसरी घटाउने ? यस्तो छ घरेलु विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १८:१६

एजेन्सी । मोटोपना पछिल्लो समय धेरैको लागि तनावको विषय बनिरहेको छ । बसेर गर्ने काम, खानपिनको शैली, शारीरिक कामको कमी र मानसिक कामको बढी दबाब आदिका कारण मोटोपना बढिरहेको हुन्छ । शरीरमा मोटोपन बढेपछि मोटोपन घटाउनको लागि सजिलो हुँदैन, त्यसैले मोटोपना संगै व्यक्तिमा तनाव पनि बढ्छ ।

मोटोपनाको घटाउनको लागि आजकल मानिसहरु आफ्नो आहारमा कटौती गर्ने, भोकै बस्ने समेत गर्ने गर्छन् । यसले शरीरको मोटोपना त घटना सक्छ, तर विभिन्न रोग लाग्ने, कमजोरी हुने समस्या पनि हुनसक्छ । साथै व्यक्तिको दैनिक काममा पनि असर पर्ने गर्छ । यसको ठाउँमा, शारीरिक अभ्यास गर्नु राम्रो हुन्छ । यसको लागि जिममै जानु पर्दैन । हिंड्ने, दौडिने गरेर पनि शारीरिक अभ्यास हुन्छ । हिंड्ने, दौडिने संगै विशेष किसिमको घरेलु विधिले छिटै मोटोपना घटाउन सकिन्छ ।

यसको लागि कागती, मह र मरिचको आवश्यकता पर्छ । एक गिलास पानीमा तीन चम्चा कागतीको रस, एक चम्चा मह र आधा चम्चा मरिचको धुलो मिलाउनुपर्छ । त्यसलाई चम्चाको सहायताले राम्रोसंग घोल्नुपर्छ । त्यसपछि त्यो घोललाई बसेर, हरेक घुट्कीलाई अनुभव गर्दै पिउनुपर्छ । कागतीको रस, मह र मरिच राखिएको यो पानी खाली पेटमा पिउनु राम्रो हुन्छ । यो पानीलाई हरेक दिन बिहान खाली पेटमा निरन्तर रुपमा दुई महिनासम्म पिउने हो भने कम्मरको मोटोपन घट्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१