मृगौला पीडित वर्षाको मृत्यु भएपछि उनको लागि उठेको सहयोग रकम क्यान्सर केयर नेपाललाई हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७५, सोमबार ०३:३४

काठमाडौँ । दुबै मृगौला बिग्रिएर गत साउनदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराइरहेकी गुल्मी जिल्ला रुरु गाउँपालिका – ३ , पानीटंकीकी १२ वर्षिया वर्षा विकको मृत्यु भएको एक महिना पुरा भएको छ ।

आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या आएको भन्दै वर्षाका बुवा चन्द्र बहादुर विकले विभिन्न दाता मार्फत उपचार खर्च जुटाउँदै आएका थिए । उनको उपचारका लागि विभिन्न सहयोगी मार्फत ६ लाख ५२ हजार रुपैयाँ रकम जम्मा भएको थियो । तर गत कार्तिक २ गते वर्षा विकको उपचारकै क्रममा मृत्यु भएको थियो । वर्षाको उपचार सफल हुन नसके पनि नीजका बुवा चन्द्रबहादुर विकले उपचारका लागि जम्मा भएको रकम मध्ये ३ लाख रुपैयाँ क्यान्सर केयर नेपाललाई सहयोग गरेका छन् ।

शुक्रबार संस्थाका महासचिव अजित शाहलाई चेक हस्तान्तरण गर्दै चन्द्र बहादुरले भने,“छोरीको उपचार सफल हुन सकेन । तर उनको लामो आयुको कामना गर्दै विभिन्न दाताहरुले सहयोग गर्नु भयो । उहाँहरुले गर्नु भएको सहयोगका लागि कुन शव्दले धन्यबाद दिउँरु” चन्द्र बहादुरले छोरीको मृत्यु भए पनि सहयोगी दाताहरुको साथ र सहयोग कहिल्यै बिर्सिन नसक्ने बताए । त्यस्तै छोरीको उपचारका लागि अभियान नै संचालन गरेको ‘क्यान्सर केयर नेपाल’ प्रति आभार प्रकट गरे । उनले भने, “मेरो छोरीले यो संसार छोडेर गइन्, तर मेरो छोरी जस्तै आर्थिक अभावका कारण उपचार नपाएका अन्य बिरामीहरुको उपचार होस भनि मैले यो रकम हस्तान्तरण गरेको हुँ ।”

‘क्यान्सर केयर नेपाल’ले आर्थिक अभाव कमजोर भएका, बिपन्न र असहाय बिरामीहरुका लागि सहयोग अभियान संचालन गरी उपचार गरिरेहेको छ । मेरो छोरीको उपचार संभव नभए पनि अन्य बिरामीले उपचार पाएको खण्डमा छोरीको आत्माले शान्ती पाउनेमा आफु बिश्वस्थ रहेको चन्द्र बहादुरले  बताए । साभार -दियो पोष्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१