सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ छ । गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ । तर परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेकाहरुलाई भने तिहारले छुन सकेको छैन । हरेक चाडहरु आउँछन् जान्छन् तर परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाइ असह्य छ । बालबालिकाको यहि पिडामा मल्हम लगाउनको लागि समाजसेवी शकिला पाठकले तिहारको भाइ टिका बालमन्दिर चिल्ड्रेन बाटिकामा मनाएकी छन् । पाठकले बालआश्रममा बालबालिकालाइ भोजन ,फलफुल ,लत्ताकपडा,शैक्षिक सामग्री लगायत वितरण गर्दै दुइ दर्जन भन्दा बढी बालबालिकालाइ भाइटीका लगाई दिएकी थिईन ।
हेर्नुहोस फोटो फिचर :
प्रतिक्रिया