ग्रिनसिटी अस्पतालले ल्यायो ३२ स्लाइसको सिटीस्क्यान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०७५, सोमबार ०५:१५

काठमाण्डौ । राजधानीको बसुन्धारास्थित ग्रीनसिटी अस्पतालले  ३२ स्लाइसको सिटीस्क्यान सञ्चालनमा ल्याएको छ । नयाँ मेशिन ल्याएसँगै सिटिस्क्यान गर्न अन्य डाइग्नोष्टिक सेन्टरमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको अस्पतालको अध्यक्ष लोक बहादुर टन्डनले बताउनुभयो । ‘यसअघि दुर्घटना लगायतका आकस्मिक बिरामीलाई समेत प्रविधि नहुँदा अन्त रिफर गर्नुपथ्र्यो त्यो अन्त्य भयो ।’

रेडियोलोजिष्टहरु डा. हेनसन खड्का र डा. भवानी यादवले सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालमा दैनिक १५/२०  वटाभन्दा बढी सिटिस्क्यान चाहिने बिरामी भएपनि यसअघि अन्त रिफर गर्ने गरिन्थ्यो । २४ घण्टा नै सिटिस्क्यान सेवा दिँदा अझै बिरामी थपिने अस्पतालको दावी गरेको छ ।

https://www.facebook.com/lokbahadur.tandan/videos/2727651453927024/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१