भेन्टिलेटर नबन्दा अस्पतालमा बालकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७५, शुक्रबार १३:५२

चितवन । भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ ।  नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको हो।  श्वासप्रश्वासमा समस्या भएर नवजात शिशुलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । जन्मेपछि २८ दिनसम्मका शिशुको नियो न्याटलमा राखेर कृतिम श्वासप्रश्वासबाट उपचार गरिन्छ । अस्पतालको एनआईसीयूमा जडित नियो न्याटल भेन्टिेलर बिग्रँदा उपचारमा समस्या आएको छ ।

भरतपुर अस्पतालमा यसअघि २ वटा नियो न्याटल भेन्टिलेटर थियो । एउटा केही महिनाअघि नै बिग्रेको र अर्काको पनि सेन्सर गएकाले दुवैले काम गरेका छैनन् । २ वटा भेन्टिलेटर बिग्रिए पनि स्वास्थ्य महाशाखाले केही महिनाअघि नै भरतपुर अस्पताललाई थप ४ वटा नियो न्याटल भेन्टिलेटर पठाएको थियो । अस्पताल प्रशासनले यसको जडानका लागि कुनै तदारूकता नदेखाउँदा ती प्रयोगविहीन छन । नयाँ भेन्टिलेटरमा एयर कम्प्रेसर जडान नगरेकाले प्रयोगमा नआएको निमित्त मेसु डा. बसौलाले बताए । नयाँ जडानका लागि २० लाख जति आवश्यक पर्ने अस्पताल प्रशासनको भनाइ छ । अहिले एनआईसीयूमा रहेका १२ जना नवजात शिशुमध्ये ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१