मन्दिर पुननिर्माणका लागि समाज कल्याण गतिविधि नेपालको ५० हजार सहयोग हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७५, सोमबार ०५:३६

काठमाडौं । विनाशकारी भूकम्पले भत्काएको मन्दिर पुननिर्माणका लागि युवाहरुले ५० हजार रकम संकलन गरी हस्तान्तरण गरेका छन् ।

काभेपलान्चोकको पाँचखाल नगरपालिका वडा नमम्वर ११ सिमचौर स्थित ऐतिहासिक थाना पति देवीको मन्दिरको निर्माणका लागि समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महतारा र जापान शाखाका संयोजक लिलबहादुर श्रेष्ठको संयोजनमा रकम संकलन गरीएको थियो ।

जापान शाखाका संयोजक लिलबहादुर श्रेष्ठ,कुमार श्रेष्ठ ,मंगल गुरुङ ,रेमोराम श्रेष्ठ ,दिपेन्द्र अधिकारि ,उमेश केसी र कमल घले सहितले रु ५०००० रकम संकलन गरि नेपाल पठाएका हो ।

शनिबार काठमाडौंमा युवा आत्मवृति कार्यक्रमको आयोजना गरी मन्दिर पुर्ननिर्माण समितीका अध्यक्ष गणेश श्रेष्ठलाइ रकम हस्तान्तरण गरीएको छ ।

युवाहरुले पनि ऐतिहासिक सम्पदा संरक्षणका लागि आर्थिक, भौतिक सहयोग गर्नुपर्ने सन्देश दिनका लागि पनि रकम संकलन अभियान संकलन गरिएको समाजका अध्यक्ष गणेश महताराले बताए । समाजले सामाजिक तथा बालबालिका क्षेत्रमा युवाहरुबाटै व्यक्तिगत  आर्थिक संङ्कलन गरी हरेक बर्ष विभिन्न काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१