अत्याचारको बदला लिन्छु, घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि, बुटवलमा अंश माग्ने डरले छोरीको जलाएर हत्या !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७५, आईतवार १४:०९

बुटवल । असार ९ गते राती ३ बजेको समयमा अज्ञात समुहले समिक्षालाई मट्टितेल खन्याएर जलाएका थिए । लगत्तै उनलाई विहानै लुम्बिनी अञ्चल अस्पतालमा आफन्तले ल्याएका थिए । तर लुम्बिनी अञ्चल अस्पतलले उपचार गर्न नसकिने भन्दै पाल्पा मिसनमा रिफर गरेको थियो । पाल्पामा पनि २ दिन राखेर समिक्षालाई काठमाडौंका किर्तिपुर हस्पिटलमा रिफर गरिएको थियो ।

घटना भएको जानाकारी पाउन साथ घटनास्थल पुगेको प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्लले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । घटना शंकास्पद रहेको भन्दै उनले आफुहरुले अनुन्धान गरेकाले दोषिको पर्दाफास छिटटै हुने बताएका थिए ।

मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।

समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा-छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।

‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कूलको फिस तिर्दिएनन् भनेर सधैं रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किंदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुबासँग बस्न थालेकी थिइन् ।

तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा बोम दर्लामीले बताए ।

आगोले जलेर घाइते भएपछि समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्‍याएको बताएको सानीआमा रचना बुढाथोकीले दाबी गरिन् ।

‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्नेबुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टतिेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।

रूपन्देही प्रमुख प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्ताे देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृच्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरूर अनुसन्धान गरिरहेका छौं ।’

मटितेल छर्केर जलाउनु केही हप्ता अघि पनि समीक्षामाथि परिवारका सदस्यहरुले कुटपिट गरेका थिए ।

घटना प्रहरी चौकी, गाउँपालिकाको न्यायिक समितिसम्म पुगेपछि आइन्दा कुटपिट नगर्ने सहमति भएको थियो । तर, त्यसको केही दिनपछि नै फेरि समीक्षामाथि दुव्यवहार शुरु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१