के साँच्चिकै खानेपानी मन्त्री तथा प्रचण्डकी बुहारी विनासँग एक रुपैयाँ पनि छैन?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७५, शुक्रबार १५:३८

काठमाडौं । खानेपानीमन्त्री विना मगरले आँफ्नो खातामा एक रुपैयाँ पनि नगद नभएको भन्दै सम्पतित विबरण बुझाएकी छिन् । एभरेष्ट बैंकमा खाता रहे पनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख गरेकी छन् ।

उनले आफ्नो सम्पति सर्वजानीक गर्दै विबरणमा ५ तोला सुन र १६ तोला चाँदी रहेको उल्लेख गरेकी छन भने उनले प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि विबरणमा उल्लेख गरेकी छन् ।

त्यस्तै अन्य विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि बताएकी छन् । जसलाई उनले पैतृक सम्पत्ति भनेर उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१