अनुहारमा लगाउनको लागि घ्यूकुमारीको पेस्ट बनाउने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७५, मंगलवार ०५:०४

काठमाडौं । बजारमा विभिन्न सौन्दर्यका प्रशाधनहरु उपलब्ध हुन्छन् । ती सबै सामानहरु सबैको छालालाई लाभदायक हुन्छन् र ती सामानले अनुहारलाई राम्रो गर्छन् भन्ने निश्चितता हुँदैन । त्यस्ता सामान राम्रा नै भएपनि सधै प्रयोग गर्दा छालामा हानी गर्न सक्छन् ।

अनुहारलाई सुन्दर बनाउनको लागि र छालामा कुनै नोक्सानी नपुर्याउनको लागि प्राकृतिक वस्तुको प्रयोग सबैभन्दा उत्तम उपाय हो ।

घ्यूकुमारीलाई सुन्दरताको लागि अति उपयुक्त वनस्पतिको रुपमा लिइन्छ । त्यसैले सौन्दर्यका विभिन्न सामग्रीहरु घ्यूकुमारीबाट बनेको भनेर विज्ञापन समेत गर्ने गरिन्छ ।

घ्यूकुमारीलाई प्राकृतिक रुपमै प्रयोग गरेर सुन्दरता पाउन सकिन्छ । यसको लागि घ्यूकुमारीको बोक्रा काटेर भित्रको भाग चक्कुले निकाल्नुपर्छ र त्यसलाई एउटा भाँडोमा थोरै गुलाबजलसंग मिलाउनुपर्छ।

यसरि बनेको पेस्ट, अनुहार , घाँटी, हातमा लगाएर २० मिनेट राख्ने र त्यसपछि सफा पानीले पखाल्नुपर्छ। यो प्रक्रिया हप्ताको तीन पटक सम्म गर्दा छाला गोरो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१