बुद्ध र अन्य २४ थान मूर्तिसहित ३ जना काठमाडौँबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७५, सोमबार ०५:३१

काठमाडौँ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट विदेशी नागरिकलाई बहुमूल्य धातुका मूर्ति बेच्दै गर्दा क्यूरियो आर्ट दरबारमार्गका सञ्चालक दीपकरत्न शाक्य, क्यूरियो कर्सर्न दरबारमार्गका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्ट दरबारमार्गका सञ्चालक शिशिर शाक्यलाई शुक्रबार पक्राउ गरी  सार्वजनिक गरेको हो । पक्राउ परेकासँग ब्यूरोले बुद्ध र अन्य मूर्ति २४ थान, विभिन्न धातुबाट बनेका प्रतीमाका पाता १८ थान र पुराना बीचमा प्वाल पारेका सिक्का १०१ थान बरामद गरेको छ ।

ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले १२ र १३ औँ शताब्दीको मूर्ति भन्दै करोडौँ रुपैयाँमा बेचेको थाहा पाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “जति धेरै पुरानो भयो त्यति नै धेरै मूल्य लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ,” उहाँले भन्नुभयो ।

नेपालबाट पुरातात्विक मूर्ति खरिद गरी विदेश लैजाने गिरोहको समेत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१