इलाममा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार, जिब्रो पनि काटेर फालिदिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७५, मंगलवार ०५:०३

काठमाडौं । इलामको रोङ गाउँपालिका १, शान्तिपुरमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो ।

बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुसार अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको छ ।

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ । हस्पिटलका डा। अनिल बस्नेतका अनुसार महिलालाई सोमबार राति नै हस्पिटल ल्याएको हो । ‘केही चोटपटकहरु देखिएका छन् । सुरुमा इमर्जेन्सी वार्डमा राखेर उपचार भएको थियो’, बस्नेतले भने, ‘अहिले ओपीडी वार्डमा राखेर उपचार भइरहेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१