पत्नी नआएको रिसमा दुई छोराको हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७५, सोमबार ०५:५१

काठमाडौँ । दुई जना झट्केला छोराको हत्या अभियोगमा बाबु पक्राउ परेका छन् । काठमाडौँको शान्तिनगरस्थित भवानी सापकोटाको घरमा बस्दै आएका २४ वर्षीय दिलिप यादवलाई दुईजना झट्केला छोराको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पत्नीको रिसले दिलिपले गत वैशाख ९ गते घाँटी कसेर झट्केला छोराहरु ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या गरेको दिलिपले स्विकारेका छन् ।

श्यामसुन्दर सरदारकी पत्नी सम्झना सुन्दासलाई उनले एक वर्षअघि आफ्नी पत्नी बनाएका थिए । त्यसक्रममा उनले श्यामसुन्दरतर्फका दुई छोरालाई पनि ल्याएका थिए ।

तर उनले झट्केला छोराहरुमाथि कुटपिट गर्न थालेपछि सम्झनाले त्यसो नगर्न बताउँदै आएकी थिइन् । यसबीचमा सम्झना अलग्गै बस्न थालेकी थिइन् । कामको खोजीमा सम्झना बिराटनगर गएपछि उनले पटक पटक काठमाडौँ आउन भनेका थिए । तर उनी काठमाडौँ नआएको रिसमा दुवै झट्केला छोराको घाँटी कसेर हत्या गरेको तथ्य प्रहरीले फेला पारेको हो ।

एक महिना अगाडी सम्झनालाई पटक पटक काठमाडौँ आउन भनेपछि उनी मानेकी थिइनन् । सम्झनाले काठमाडौँ आउन नमानेपछि दिलिपले छोराहरुको ज्यान लिने धम्की दिँदै आएको कुरा पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अपराध महाशाखाको दुई झट्केला छोराको हत्या अभियोगमा पक्राउ परेका दिलिपलाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय वृत्त बानेश्वर पठाइएको जानकारी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१