काठमाडौंको धुलो रोक्न ‘धुलो नियन्त्रण इकाई’ गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०७५, शुक्रबार ०५:४७

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा धुलो र धुवाँको समस्या नियन्त्रणका लागि ‘धुलो नियन्त्रण इकाई’ गठन गरेको हो ।

इकाईको नेतृत्व वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलले गर्ने मन्त्रालयका सचिव प्रकाश माथेमाले जानकारी दिनुभयो । माथेमाले भने, ‘अब धुलो नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राजधानीको धुलोका कारण सर्वसाधारणले कष्टपूर्ण जीवन बिताउनुपरेकोबारे आफू जानकार रहेको र उक्त अवस्थाको यथाशक्य छिटो अन्त्य गर्ने गरी काम थालिने प्रतिबद्धता जनाए ।

उपत्यकामा धुलो र धुवाँ फैलनुको कारणबारे वातावरण विभागले अध्ययन प्रतिवेदन नै तयार पारेको छ । मन्त्री बस्नेतले प्रतिवेदनमा उल्लेख गरिएका समाधानका उपाय अबलम्बन गरेर जनतालाई धुलोरधुवाँमुक्त वातावरण मनाउन तयार रहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१