संसदमा चर्कियो चरी प्रकरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ श्रावण २०७१, शुक्रबार ०७:४५

काठमाडौ, २३ साउन  । एमाले धादिङका सांसदहरुले प्रहरी कारवाहीमा मारिएका दिनेश अधिकारी ‘चरी’ को गैरन्यायीक हत्या भएको भन्दै छानबिनको माग गरेका छन् । अधिकारीलाई चक्रपथभित्र पक्राउ गरी गैरन्यायीक हत्या गरेर भीमढुंगामा प्रदर्शन मात्रै गरिएको उनीहरुको दाबी छ ।CA-building6

संसदको आजको वैठकमा बोल्दै एमाले धादिङका सभासद्हरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले घटनास्थलमा हवाई फायर भएको, चरीलाई ८ गोली लागे पनि घटनास्थलमा रगतको टाटा नभएको दाबी गर्दै गर्दै घटना सुनियोजित भएको जिकिर गरे । एक प्रहरी अधिकृतको व्यक्तिगत प्रतिद्वन्द्वीताको कारण चरीको हत्या भएको उनीहरुको धारणा थियो ।

अधिकारीले विवाह गर्ने निश्चित गरेको खुश्वु ओलीसँग विवाह नगर्न ति प्रहरी अधिकारीले दबाब दिंदै आएको सांसदहरुको दाबी छ । ओलीलाई मन पराउने ति प्रहरी अधिकारीले चरीलाई मार्न मार्न ५० लाख खर्च गर्ने बताएको भन्दै उनीहरुले घटनाको छानबिन गर्न माग गरेका छन् ।

सांसदहरुले ति प्रहरी निरीक्षकको नाम उल्लेख नगरे पनि उनी हनुमान ढोकाको केरकार शाखामा रहेको बताएका छन् ।

सभासदहरुले महानगरीय अपराध महाशाखाका एसपी पुष्कर कार्कीलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । उनीहरुले सरकारले घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

कोही अपराधी भए पनि पनि कानुन अनुसार कारवाही गर्नुपर्ने सांसदहरुको जिकिर थियो ।

आजको संसद वैठकमा महिला सभासद्हरुले हिजो नेपालगञ्जमा बसभित्रै भएको सामूहिक बलात्कारको घटनाको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् । उनीहरुले बलात्कार घटनाका दोषीलाई राजनीतिक संरक्षण नदिन र सर्वस्वसहित जन्मकैदको कारवाही गर्न माग गरे ।

सभामुख सुबास नेम्वाङले नेपालगञ्जमा हिजो भएको बलात्कारको घटना र चरी मारिएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१