कोल्डस्टोर मै आलुको बिउ उम्रिएपछि कृषकहरु आन्दोलित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ श्रावण २०७१, शुक्रबार ०७:३७

काभ्रे ,२३ साउन । काभ्रेका किसानहरुले कोल्डस्टोरमा जम्मा गरेको आलु उम्रिएर विग्रिएपछि किसानहरु आन्दोलनमा उत्रिएका छन् । जिल्लाको बनेपास्थित बुडोल (रातमाटे) मा रहेको पाँचखाल कोल्ड स्टोरमा राखिएको ४४ हजार बोरा आलुको बीउ बिग्रिएको भन्दै किसानले क्षतिपूर्तिको माग गरी बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । 14924_817912994899811_4614242637676271310_n  कोल्डस्टोरको लापरबाहीका कारण आलुको बीउ उम्रिएको भन्दै सयौँको संख्यामा उपस्थित पाँचखाल, रविओवी, नाला र बनेपा क्षेत्रबाट भेलाभएका किसानहरुले उचित क्षतिपूर्तीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय काभ्रे घेराउ गरेका हुन् । गत चैत महिनादेखि नै मंसिरमा रोप्न भाडा तिरेर कोल्ड स्टोरमा राखिएको आलुको बीउ कोल्ड स्टोरभित्र उम्रिएपछि किसानहरुले हिजो क्षतिपूर्तिका माग गरी घेराउ गरेका थिए । कोल्डस्टोरका सञ्चालक बद्री तण्डुकार श्रेष्ठका अनुसार एमोनिया ग्यास चुहिँदा आलु बीउ उम्रिएको हो । कोल्डस्टारमा किसानहरुले ४४ हजार बोरा बीउ बिग्रिएको बताएपनि कोल्ड स्टोर सञ्चालक बद्री श्रेष्ठले भने २१ हजार मात्रै बिग्रिएको बताएका छन् । कृषकले सबै क्षेत्रको बीउ विग्रिएको भनेता पनि श्रेष्ठले भने पाँचखाल र रविओपीको बीउ मात्र बिग्रिएको छ । कृषकहरुले व्यापक विरोध गरेपछि कृषकहरुको समस्या समाधानका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेमा दुई पक्षीय वार्ता गरिएको थियो । 10565003_817912998233144_4042772091812278756_nविभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानीय विकास अधिकारी, लगायतका व्यक्तिहरुको उपस्थिती रहेको बुधबारको दुई पक्षीय वार्ता भने निष्कर्ष विना नै टुंगिएको बताइएको छ । कृषक र कोल्डस्टोरका सञ्चालकबीच कुरा मिल्न नसकेपछि आलुको बीउ बिग्रिएको क्षति अध्ययन गर्न छानविन समिति नै गठन गरिएको छ । कृषकहरुको आन्दोलनपछि वार्तामा परिणत भएको किसान, ब्यवस्थापन पक्ष र स्थानीय प्रशासन बीच बुधबार भएको छलफलले समिति गठन गरेको हो । प्रमूख जिल्ला अधिकारी केदार न्यौपानेको कार्यकक्षमा भएको सर्वपक्षीय छलफलले बिहीबार साझँसम्म अध्ययन गरी प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत सहदेव प्रसाद हुँमागाईको अध्यक्षतामा पीडित किसान सहितको समिति बनेको छ । किसानहरुले भने आफूहरुको आलु, थप प्रति बोरा २५ सय र कोल्ड स्टोरमा राखिएको चार्ज निशुल्क हुनुपर्ने माग राखेका छन् । कृषकले राखेको मागअनुसार भने क्षति विवरण ११ करोड हुन आउने भन्दै सञ्चालक श्रेष्ठले भने आफूले त्यत्रो क्षति विवरण दिन नसक्ने बताइएको छ । ५३ बोरा आलुको बीउ १६ हजार रुपैयाँ भाडा तिरेर कोल्ड स्टोरमा राखेकी पनौती नगरपालिका वडा नं. २ नैकिनटारका उषा गिरीले भने आफूलाई बीउसहित प्रतिबोरा ५ हजारको क्षति विवरण दिए पनि नहुने बताइन् । उक्त कोल्ड स्टोरले ५५ केजीको प्रति बोरा २ सय ८० रुपैयाँका दर कृषकसंग रकम लिने गरेको छ । काभ्रेमा ९ हजार ६ सय ८८ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुदैँ आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१