म्यूजिक भिडियो सिउँदोको सिन्दुर सार्वजानिक(भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७१, बिहीबार १२:२८

निर्देशक माधव खरेलले अभिनय गरेको म्यूजिक भिडियो सिउँदोको सिन्दुर विभिन्न मिडियाहरुवाट सार्वजानिक भएका छन् । अनु शाह र माधव खरेलद्धारा अभिनित सिउँदोको सिन्दुर यतिवेला यू टयूवमा पनि चर्चाको विषय वनेको छ । म्यूजिक नेपालले अपलोड गरेको उक्त भिडियोलाई ५ दिनमै १५ हजार भन्दा वढी भिवर्सहरुले भिजिट गरिसकेका छन् यसैकारणले पनि यो म्यूजिक भिडियो यतिवेला चर्चाको विषय वनेको हो । त्यसै गरी नायक श्रीदेव भट्टराई र अनु शाहले अभिनय गरेको अर्को म्यूजिक भिडियो पनि यसै सातावाट सार्वजानिक भएको छ । ५ हजार भन्दा वढि भिवसृहरुले भिजिट गरेको त्यो कालो कोटैले बोलको गीतमा श्रीदेव र अनुको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । प्रतिभावान गायिका अस्मिता श्रेष्ठ स्वर रहेको यि दुवै गीतलाई कमल खत्रीले संगीत गरेका छन् । गीतकार भरत वम्जनले लेख्नुभएको त्यो कालो कोटैले र कमल खत्रीले लेख्नु भएको सिउँदोको सिन्दुर को छयांकन रविन्द्र वरालको रहेको छ भने निर्देशन रुपेश उप्रेतीले गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१