काठमाडौं – इंग्ल्याण्डकी रियालिटी शो नायिका लुईसा जिस्म्यान बिभिन्न समयमा बिभिन्न कारणबाट विवादित हुने गरेकी छन् ।
उनी धेरै समय आफ्नो पोशाकबाट विवादित बन्ने गर्छिन भने कहिलेकाँही अश्लिलता फैलाउने गरेको आरोपसमेत खेप्ने गरेकी छन् ।
केहि समय अघि ब्रिटेनको एक टिभी रियालिटी शो ‘बिग ब्रदर’ मा अर्का प्रतियोगिसंग अनैतिक हर्कत गरेको आरोपमा चर्चा र बिरोध खेपेकी लुईसा यतिबेला भने एउटा अभिव्यक्तिका कारण चर्चामा छिन् ।
पछिल्लो पटक लुईसाले आँफ्नो पहिरन र बानीले महिलाहरुलाई आफ्नो काममा कन्फिेडेन्स बढाउन प्रेरणा मिल्ने दावी गरेकी छन् ।
उनले महिलालाई कन्फिेडेन्सका लागि सामाजिक र सांस्कृति रुपमा पनि खुल्नु पर्ने
भएकाले आफ्नो क्रियाकलापले त्यस्तो प्रेरणा प्रदान गर्ने दावी गरेकी हुन् । बिकीनी
फोटो शुटका बिषयमा गरिएको कुराकानीमा लुईसाले यस्तो दावी गरेकी हुन् ।
यी हुन् लुईसाका पछिल्लो समयका विकीनी पोज ।
स्रोत – हरेकपल डटकम
प्रतिक्रिया