नुवाकोटमा एक सय १५ वर्षीया लामिछानेबाट पहिलो मतदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७४, सोमबार ०५:५२

नुवाकोट, १ जेठ । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छिन् ।

उनले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी हुन्  ।

विसं १९५९ – १२- १० मा जन्मिएकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताइन् । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गरिन्।

यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गर्नुभयो । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१