चुनाबी मोहोलमा पनि चक्रपथ सफाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७४, शनिबार २०:१९

कठमाडौ ।चक्रपथ सफाइ अभियान प्रारंभ भएको पाचौ हप्ता आज शनिबार दुई घण्टा भएको चक्रपथ सफाइ अभियानबाट २० टन भन्दा बढी फोहर उठेको छ ।
बसुन्धराबाट प्रारंभ भएको फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखा नगरपालिका , तीन वटै सुरक्षा निकाय , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह होटल ब्यबसायी संघ , पत्रकार , कलाकार लगायतको बृहत उपस्थिति रहेको थियो ।
चक्रपथमा बढदै गएको फोहरलाई ध्यानमा राखी चक्रपथ सफाई अभियानलाई चौथा हप्ता देखि निरन्तरता दिइएको छ भने शनिबार आज एकै दिन निर्बाचनको माहोलमा पनि यति धेरै फोहर संकलन भएको छ कि त्यो निकै उत्साहजनक रहेको छ ।
चक्रपथ सफाइ अभियानका सयोजक एवं गिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले भनेका छन –चक्रपथ सफाई अभियान निकै प्रभाबकारी भएको छ र आज चुनाबको माहोलमा पनि जसरी आम नागरिक महाअभियानमा सहभागी भएका छन त्यो ऐतिहासिक र उदाहरणीय छ ।
चक्रपथ सफाई अभियानताहरुले प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्न र आफनो वरपर पनि सफा गर्नका लागि बिशेष भुमिका खेल्न्ुपर्ने कुरामा जोड दिएका छन । सफाई अभियानले स्थानीय नागरिकलाई घरघरबाटै सफाइ अभियान थाल्न प्रेरित गर्ने र सो अनुसार सबै समक्ष सन्देश पुरयाउने लक्ष्य राखेको र सोही अनुसार सहभागिता पनि बढदै गएको भन्दै बरिष्ठ पत्रकार टंक पन्तले परिबर्तनको प्रारंभ आफैबाट गरेर देखाउन र कोही कसैले आपना् मात्र कुरा ठीक हो अरुको कुरा सुन्ने हुदैन भन्छ भने त्यो कुनै जिम्मेबार र सभ्य नागरिक हुन सक्तैन भन्नुभएको छ ।
बागमति सफाई अभियानता केशब पुडासैनी कलाकार तिलक बस्नेत अभियानमा आआपनो क्षेत्रबाट सबैको प्रभाबकारी सहभागिताको खाचो रहेको औल्याएका छन । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१