परिवार दलको नीति आफु हारेर पनि राष्ट्र लाइ जिताउने – अध्यक्ष ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७४, सोमबार ०५:४६
पोखरा,२५ बैशाख । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले  स्थानीय तहको निर्बाचनमा परिवार दलको नीति आफुले हारेर पनि राष्ट्र र जनतालाई जिताउने रहेको बताउनु भयको छ । कास्की र पर्बत जिल्लाका उम्मेदवारहरुलाई सामुहिक रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले राष्ट्रियताको सबालमा परिवार दलले कसै संग कुनैपनि सम्झौता नगर्ने बताउदै सत्ताको प्रलोभनमा राष्ट्रलाइ कमजोर बनाउन लागेका दल र नेतृत्वको निगरानी गर्न जनता सचेत हुनु पर्ने उल्लेख गर्नु भयो  । पूर्व मन्त्रि समेत रहेका ढकालले परिवार दलले बिजयी हाँसिल गर्ने स्थानीय तहमा नमुना कम गरेर देखाउने प्रतिबद्धता जाहेर गर्न उम्मेदवारहरुलाई निर्देशन दिनु भयो । अध्यक्ष ढकालले पुराना राजनैतिक शक्ति वाट परिबर्तन नहुने भन्दै नयाँ ढाँचाको बिकासको लागि दुरदृष्टि र नेतृत्व पनि नयाँ नै आबस्यक पर्ने जिकिर गर्नु भयो । अध्यक्ष ढकालले कार्यकर्ताहरुलाई जनतामा झुटो आश्वाशन नबाड्न, बिकृति, विसंगति र भ्रष्टाचारको भण्डाफोर गर्न, उच्च नैतिक मूल्य मान्यता प्रस्तुत गर्न उम्मेदवार तथा कार्यकर्तालाई निर्देशन दिनु भयो । अध्यक्ष ढकालले महाभियोग र संबिधान सम्बोधन जस्ता राष्ट्रिय मुद्धाहरुको निकास राजनैतिक दलहरुको सहमति बाटनै खोजिनु पर्ने धारणा राख्नु भयो । कास्की परिवार दलका अध्यक्ष शिवजी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरु  प्रकाश बाबु थापा, रामचन्द्र देवकोटा, बाबुराम शर्मा, बिन्दु घिमिरे, पिस फोर्सका संयोजक अशोक भट्ट,  लगायतले आ-आफ्नो धारणा राख्नु भयको थियो । कास्की परिवार दलका सचिब टलक भट्टले कार्यक्रम संचालन गर्नु भयको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१