के भनेर फर्किइन् प्रधानन्यायाधीस शितल निवासबाट ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७४, सोमबार ०५:१२

काठमाडौं,२५  वैशाख ।ब्यवस्थापिका संसदबाट महाअभियोग लागेपछि निलम्बित प्रधानन्यायाधीस सुशीला कार्कीले पुनः कार्यभार सम्हालेकै दिन आइतबार बेलुका राष्ट्रपति भवन शितल निवास पुगिन् ।

प्रधानन्यायाधीस कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि राष्ट्रपतिसँग छलफल हुने बताइएको थियो ।

सर्वोच्चले महाअभियोग प्रस्ताव अगाडि नबढाउन आदेशदिएपछि आइतबारबाट आफ्नो काममा फर्केकी कार्की विदामा बस्ने चर्चा चलिरहँदा बेलुका एक्कासी शितल निवास पुगेकी थिइन् ।

कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी वैशाख २६ गते कानून दिवसको कार्यक्रमका लागि निमन्त्रणा दिएर फर्किएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले  जानकारी दिए । प्रधानन्यायाधीस कार्की राष्ट्रपतिलाई कानून दिवसको कार्यक्रमको निम्तो दिन मात्रै आएको शर्माले बताए ।

प्रधानन्यायाधीस कार्की ६५ वर्षे उमेरहदका कारण जेठ २५ गतेबाट सेवा निवृत्त हुँदैछिन् । सामान्यतः सेवा निवृत्त हुनुभन्दा एक महिना अगाडिबाट प्रधानन्यायाधीस विदामा बस्ने चलन छ । साही परम्परालाई आत्मसाथ गरेमा प्रधानन्यायाशीस कार्की सोमवार बैशाख २५ गतेबाट नै विदामा बस्नेछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१