महाभियोग र संबिधान संशोधनलाइ जुँगाको लडाई नबनाऊ : अध्यक्ष ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७४, आईतवार ०६:३४
चितवन ।  नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले महाभियोग र संबिधान संशोधनलाइ जुँगाको लडाई नबनाऊन ठुला राजनैतिक दलहरुलाई आग्रह गर्नु भयको छ । भरतपुर महानगरपालिका चितवनमा परिवार दल द्वारा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा बोल्दै ढकालले जन-आकांक्षा र राष्ट्र हितलाइ ध्यानमा राख्दै सबै राजनैतिक दलहरु सहमतिमा आउनुको विकल्प नरहेको पनि उल्लेख गर्नु भयो । झन्डै दुइ दशकमा हुन लागेको स्थानीय तहको निर्बाचनको मुखमा दलहरु बीच देखियको असमझदारीले राष्ट्रलाई थप कमजोर बनायको भन्दै पूर्व मन्त्रि समेत रहेका ढकालले सबै दलललाई राजनैतिक इमान्दारिता प्रस्तुत गर्न आग्रह गर्नु भयो । चितवन र नवलपरासी जिल्लाका आफ्ना उम्मेदवारलाई प्रशिक्षण दिदै अध्यक्ष ढकालले स्थानीय तहको निर्बाचनमा परिवार दलको नीति आफुले हारेर पनि राष्ट्र र जनतालाई जिताउने रहेको स्पष्ट पार्नु भयो । अस्वस्थ प्रतिस्पर्धामा नउत्रिन, निर्बाचन आंचार संहिता पालना गर्न, आफ्नो पार्टीको उम्मेदवार नभयको स्थानमा अन्य राजनैतिक दलका पनि कुशल र योग्य उम्मेदवार बिजयी गराउन सहयोग गर्न सहभागीलाई निर्देशन दिनु भयो । अध्यक्ष ढकालले निर्बाचन सम्पन्न गर्न सबै तरिकाले सहयोग गर्न पनि आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो । अध्यक्ष ढकालले परिवार दल देशमा निरन्तर सकारात्मक चिन्तन र समाबेशी बिकासको आबाज भैरहेको भन्दै स्थानीय तहमा नमुना काम गर्न साँचोमा मतदान गर्न आम नागरिकमा आब्हान पनि गर्नु भयो । चितवन परिवार दलका अध्यक्ष धर्म प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय  सदस्यहरु प्रकाश बाबु थापा, राम प्रसाद ज्ञवाली, अनिल खनिया, पिस फोर्सका संयोजक अशोक भट्ट, नेताहरु खेम सुबेदी, श्रद्धा अर्याल सेढाई, रुकमिणी चौधरी लगायतले समसामयिक बिषयमा आ-आफ्ना धारणा राख्नु भयको थियो । कार्यक्रमा चितवन र नवलपरासी जिल्लाका उम्मेदवार तहत अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१