खुकुरी प्राहार बाट गम्भिर घाइते भएकी कल्पनाको स्वास्थ्यमा सुधार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७१, बुधबार ०८:१४

प्रदिप राई ,खोटांग १४ साउन । आफ्नै श्रीमानको हात बाट खुकुरी प्रहार गरी गम्भिर घाइते भएका खोटाङ बतासे – ४ नाप्तिकु माइती भएका जहानशिङ राईको सुपुत्री कल्पना राईको स्वास्थ्यमा केही सुधार आएको छ। उपचारको लागी खोटाङ बाट हेहिकप्टरमा काठमाण्डौ ल्यायका राई अहिले उपचार काठमाण्डौ टिचिङ हस्पिटल मा भई रहेको छ। 10567568_521794567965911_1106232912_nखोटाङ जिल्ला चिप्रिङ्ग – ८ मा आज भन्दा १८ महिना अगाडी शुभ राई सँग प्रेम विवाह गरेका कल्पना राईको एक आठ महिनामो छोरी पनि छ। राई लाई आफ्नै श्रीमान ले खुकुरी प्रहार गरी टाउको कुम घाटिमा गहिरो चोट गरी हत्या गर्नु खोजिएको थियो। घरमा बिभिन्न बहना बनाई बारबार यातना दिने सासुले सम्म पनि हात पोली दिने कसै सँग बोल्नु नदिने कही कतै हिड डुल गर्न नदिने जस्ता यातना गरेको पीडित बताउछन घरयासी बिबाद पछी साउन ८ गते साझ श्रीमान ले एकासी खुकुरी प्रहार गरी हत्या गर्ने प्रायस गरेका थिए। छिमिकी ले देखेर घाइते राई लाई सदरमुकाम दिक्तेल हस्पिटल पुर्याका थिए दिक्तेल होस्पिटलले उपचार गर्नु नसके पछी हेलिकप्टर झिकाई काठमाण्डौ ल्याएका थियो। अहिले घाइते राईको उपचार कान्छी काकी कला राई र भाई कबिन राईले गरी रहेको छन भने उपचार खर्च काका काजी राई कतार बाट एक लाख र कान्छा काका मणीचन्द्र राई ले दुई लाख कोरिय बाट पठाउनु भएको कबिन राई ले बताउनु भयो। घाईते कल्पना राई को भनाई अब म डिमोस गरेर छोरी सँग एक्लै बस्छु म जानी जानी अब त्यो काल को मुखमा अवस्य जाने छैन मलाई जिउने चाहना छ म बुझेर पनि त्यो हत्यारालाई अब कदापी अपनाउने छैन भनेर राष्ट्रिय  खवर समाचारदाता प्रदिप राई लाई बताउनु भयो। हाल शुभ राई लाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । उनी विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइने गौतमको बताउनु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१