उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७४, बिहीबार १५:१५

काठमाडौँ, २१ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता भएको छ ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिएको हो ।

गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालका  अनुसार  “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिनुभएको प्रेस संयोजक दाहालले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१