राजेश हमाल पत्नीलाई समेत पत्याएन् अमेरिकाले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७१, बुधबार ०७:३७

काठमाडौं, १४  साउन । अमेरिकाले महानायक राजेश हमालकी पत्नीलाई समेत भिसा दिन अस्वीकार गरेको छ ।
श्रीमानसँगै अमेरिका जान लागेकी राजेश पत्नी मधुलाई हालै अमेरिकाले भिसा नदिएको हो । पत्नीका साथ अमेरिका जान लागेका राजेशले समेत अन्तिम समयमा भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ ।Capture
अमेरिकाले पछिल्लोपटक थुप्रै कलाकारहरुको भिसा अस्वीकार गर्दै आएको छ । केही दिन अघि नायिका नायिका सुमिना घिमिरेलाई पनि अमेरिकाले भिसा दिन इन्कार गरेको थियो ।
सुमिनाले नेपालीहरूले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिकी दूतावासमा भिषा आबेदन गरेकी थिइन् । तर, नेपाली कलाकारमाथि कडा बनेको अमेरिकन राजदूतावासले सुमिनालार्इ पनि भिसा नदिएको हो । यसअघि पनि थुप्रै नेपाली कलाकारहरु कालो सूचीमा परिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१