टोखा नगर पालिकाको मेयरको उमेदवार काँग्रेसका यूवा नेता को हुन त हरीहर अधिकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७४, बिहीबार ०७:०२

कर्ण बहादुर अधिकारी, टोखा। २० बर्ष पछि हुन लागेको स्थानीय निकायको चुनावले टोखा नगर पालिकाको माहौल पनि निकै नै ताति रहको छ।उक्त स्थानीय निकायको चुनावको पूर्व सन्ध्यामा नेपाली काँग्रेस टोखा नगर पालिकाले नेपाली काँग्रेसको तर्फबाट चर्चित एवं लोकप्रिय यूवा नेता हरीहर अधिकारीलाई मेयरको उमेदवार बनाएको छ।आखिर को हुन त हरीहर अधिकारी यस बारे त्यहाँका स्थानीय जनताले अझै उहाँ बारे पूर्ण रूपमा जानकारी लिएर यसपालीको चुनावमा अमुल्य मतदान गरेर बहुमतले बिजय गराउनु पर्दछ। टोखा नगरपालिकाको मेयरमा कांग्रेसका युवा नेता हरिहर अधिकारीको चर्चा सबै भन्दा माथि भएकै कारण उहाँले टिकट पाउनु भएको छ ।बिक्रम संबत २०३९ सालबाट नेविसंघको सदस्यता लिएर नेपालको राजनीतिमा होमिएका अधिकारी बहुदलीय प्रजातन्त्र ल्याउने आन्दोलन देखि लोकतन्त्र स्थापनाका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निवारण गरेर आएका यूवा नेता हुन।नेपाली कांग्रेसको क्षेत्रिय सचिव, उपसभापति र सभापति समेत भइसकेका उनी हाल महाधिवेशन प्रतिनिधि छन् । कांग्रेसको काठमाडौं जिल्ला कार्यसमिति सदस्य रही सकेका अधिकारी तत्कालिन झोर महांकाल गाविसको अध्यक्षको उम्मेदवार बनेका थिए । राजनीति र समाजसेवामा महत्वपूर्ण योगदान पुर्याएका अधिकारी टोखा नगर पालिकाको लोकप्रिय युवा नेता हुन। केहि समय अगाडी मात्र स्थापना भएको टोखा नगर पालिका राजधानी नजिकै रहे पनि बिकास भने त्यति हुन सकेको छैन।बत्ति मुनीको अध्यारो भने झै यस क्षेत्र बिकासमा पछि परेकै कारण यस क्षेत्रलाई बिकास गर्नका लागि पनि हरीहर अधिकारी जस्तो यूवा नेतृत्वको खाँचो छ।सधै भरी जनता नै जनार्दन हुन भन्ने भावना बोकेका अधिकारीले आफ्नो जीतलाई सुनिश्चितता गराउने प्रयासमा रहेका छन।बिकासका संबाहक बनेर टोखा नगरका बिकासका लागि अग्रणी भूमिका निभाई रहेका अधिकारीले मेयरमा बिजय हासिल गरेको खण्डमा टोखा नगरको मुहार फेरीनेमा दुई मत नै छैन।नेपाली काँग्रेसका सांसद भिमसेन दास प्रधान,काठमाण्डौ जिल्ला सभापति कृष्ण(सबुज)बाँनिया लगाए केन्द्रिय नेताहरूको पनि पूर्ण समर्थन अधिकारीले पाएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१