पेट्रोलियम पदार्थ कालोबजारी गर्ने गौशालाबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७३, आईतवार ०८:१७

महोत्तरी । पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर खुलेआम कालोबजारी गर्ने एक जना पेट्राल पम्पका सञ्चालकलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उमेश आयल स्टोर्स गौशाला–१ का सञ्चालक ३७ वर्षीय अमरेशकुमार साह रहेका छन् । आज बिहान पाँच वटा ड्रममा भरीभराउ डिजेल ज १ त १०९० नं को ट्रयाक्टरमा लोड गरी गौशाला बजारस्थित राधाकृष्ण किराना पसलमा ल्याइरहेको समयमा प्रहरीले पक्राउ गरेको हो  ।

गौशाला नगरपालिका–१ मा सञ्चालनमा रहेको उमेश आयल स्टोर्समा पेट्रोलियम पदार्थको कृत्रिम अभावको सिर्जना गरी सञ्चालक साहले आफैले सञ्चालन गरेको किराना पसलमा खुलेआम पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१