काहुखोला सिक्लेस सडकलाई ५० लाख स्वीकृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७३, बुधबार ०७:४३

कास्की । कास्कीको सबैभन्दा लामो सडक ( करिब ४० किमि ) को स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट तत्काल ५० लाख रुपैया स्वीकृत भएको छ । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय मार्फत सिक्लेसको सडकको लागि उक्त रकम स्वीकृत भएको हो । सिक्लेस युवा क्लबको आयोजनामा आयोजित सिक्लेस मेलामा क्लबको निमन्त्रणा र नेपाली कांग्रेस महासमिति सदस्य एबम नेपाली जनसम्पर्क समिति मकाउका उपसभापति लेख बहादुर गुरुङको समन्वयमा काग्रेस सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा सिक्लेसमा निमन्त्रणा गरीएको थियो।उक्त अवसरमा स्थानीयले सभापति देउवालाई पोखरादेखि सिक्लेससम्मको सडकमा कालोपत्रे, सिक्लेस मनाङ ट्रेकिङ रुट र सिक्लेसलाई पर्यटन गाउँ घोषणाको लागि पहल गरिदिन आग्रह गरेका थिए। स्थानीयको माग प्रति सकरात्मक भई सभापति देउवाले तत्काल पोखरा सिक्लेस सडकमा कालोपत्रे कार्य आवश्यक रहेको भन्दै आवश्यक कागजपत्र आफुलाई उपलब्ध गराउनु भनेपछि सडक उपभोक्ता समितिको नेतृत्व र समाजसेवी लेख बहादुर गुरुङको समन्वयमा सडक डिभिजन कार्यालय पोखरा, जिबिस कास्की हुदै योजना आयोग भई भौतिक मन्त्रालयले अर्थलाई रकम स्वीकृतको लागि प्रकिया अगाडि बढाएको थियो ।तत् पश्चात हालका लागि ५० लाख रूपैया स्वीकृत भएको छ। यस कार्यका लागि अतुलनिय सहयोग गर्नु हुने समाजसेबी नेपाली जनसम्पर्क समिति मकाउका उपसभापति लेख बहादुर तमु,बाटो समितिका अध्यक्ष गोलमान तमु ,उपाध्यक्ष शेर बहादुर तमु,सदस्यहरू बिशाल तमु,लिलकाजि तमु, समाजसेवी देउ बहादुर तमु,जंग प्रसाद तमु,बिर्जमान तमु,रस कुमार तमुस्यो,जापान तमु,प्रेम तमु,माननीय जीवन परियार,माननीय तेज कुमारी पाैडेल,माननीय अर्जुन जाेशी,.भोैतिक पुर्बधार तथा यातयात मन्त्री माननीय रमेश लेखक,नेपाली काग्रेसका जिल्ला सभापति कृष्ण के.सी,,ने.क.पा (माओबादी केन्द्र )का पोलिटब्युरो सदस्य कास्की जिल्ला इन्चार्ज राजकाजि तमु (करण),सडक डिभिजन कार्यालय पोखरा डिई प्रेम प्रकाश खत्री,कास्की LDO बलराम ढकाल, ,भाैतिक मन्त्रालयका सचिब धन बहादुर तमाङ,अधिकृत राजेश उप्रेति,अर्थ मन्त्रालयका प्रेस बिज्ञ पत्रकार त्रिभुवन पाैडेल, स्थानिय बिकास मन्त्रालयका सुमन गिरी लगाएतका सम्पुर्ण सहयोगीहरु प्रति सिक्लेसबासीहरू हार्दिक धन्यबाद साथै आभार प्रकट गर्दछ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१