कंसाकारको कमाउधन्दा ठेस पुग्ने संकेत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७३, मंगलवार ०५:३४

काठमाडौं ।  नेपाल वायुसेवा निगमको नेतृत्वमा आएदेखिनै विवादित बनिरहेका महाप्रवन्धक सुगतरत्न कंसाकार थला परेको निगमलाई दुहुनो गाई बनाउन लागिपरेका छन् ।

त्यसैले निगमले खरिद गर्न लागेको दुईओटा ठूलो जहाज ९वाइड बडी० खरिद प्रकरणमा कंसाकारले बलमिच्याइ“ गर्दै ठूलो आर्थिक लाभ लिने दाउ गरिरहेका छन् । तर, कंसाकारको अभिष्ट पूरा हुन नदिन निगमभित्रैका कर्मचारीहरु एकजुट हुन थालेका छन् । ठूला २ वाईड बडी खरिदका लागि गलत प्रक्रिया अवलम्बन गरिएको भन्दै व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा उजुरी परेपछि कंसाकारको कमाउधन्दा ठेस पुग्ने संकेत देखिएको छ ।

वाईड बडी जहाज खरिदका लागि अघि बढाइएको प्रक्रिया गलत भएको उल्लेख गर्दै निगमकै कमर्चारीहरुले लेखा समितिमा केही दिनअघि उजुरी हालेका हुन् । उजुरीमा वाईड बडी जहाज खरिद प्रक्रिया गलत भएको भन्दै कर्मचारीहरुले महाप्रवन्धक कंसाकारमाथि छानबिन गरी कारबाही गनर् माग गरेका छन् । निगमले गत २६ सेप्टेम्बर २०१६ मा एयरबस ९ए–३३०–२००० वाइडबडी विमान खरिदका निम्ति सम्झौता गरेको थियो । अमेरिकी कम्पनी एएआरस“ग निगमले गरेको त्यही“ सम्झौता त्रुटिपूर्ण भएको भन्दै निगमका कर्मचारीले लेखा समितिमा उजुरी गरेका हुन् । स्मरणीय छ, यसअघि सा“घु साप्ताहिकले निगमले प्रक्रिया मिचेर सुगतरत्नको स्वार्थ अनुरुप दुई वाईडबडी विमान खरिद गर्न लागेको समाचार प्रकाशित गरेको थियो ।

उजुरीकर्ताहरुले प्रस्तावमा सहभागी दश कम्पनीमध्ये अमेरिकन कम्पनी एएआर कपोर्रेशस“ग मात्रै खरिद संझौता गर्ने गरी निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले आथिर्क चलखेल गरेको आरोप लगाउ“दै टेण्डर प्रक्रिया रोकेर महाप्रवन्धकलगायत निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरुलाई कारबाही गनर् कर्मचारीहरुले माग गरेका छन् । ‘नेपाल सरकराको स्वामित्वमा रहेको नेपाल एयरलाइन्स कपोर्रेशनले टेण्डरमार्फत मिति २६ सेप्टेम्बर २०१६ को सूचना अनुसार खरिद गर्न लागेका २ थान वाइर्ड बडी ए३३०–२०० को टेण्डर प्रक्रिया छानबिन गरी भ्रष्टाचारमा संलग्न नेपाल एयर लाइन्स कर्पौरेशनको एमडी सुगतरत्न कंसाकारलाई कारबाही गरी टेन्डर प्रक्रिया रोक्का गरिदिनु हुन अनुरोध गर्दछु’, लेखा समितिमा हालिएको उजुरीमा भनिएको छ ।

उजुरीमा कुनै एक कम्पनीलाई टेण्डर पानेर्गरी बदनियतपूर्वक टेन्डर डकुमेन्ट तयार पारिएको र टेन्डर डकुमेन्टमा टेन्डर दिने कम्पनी वर्ड स्टक एक्सचेन्जमा दर्ता भएको हुनुपर्ने सर्त राखिएको आरोप लगाइएको छ । उजुरीमा अमेरिकी कम्पनी एएआरले टेन्डर भर्दा कुन जहाज दिने भन्ने जहाजको एमएसएन नम्बर उल्लेख नगरेको र पछि हाई फ्लाइर् पोर्चुगलको जहाज दिने भनी हाई फ्लाइर्को कागज थप गरी सोही कम्पनीको टेन्डर स्वीकृत गर्ने निर्णय उल्लेख गरेको प्रमाण पेस गरिएको छ । कर्मचारीहरुले बद्नियतपूर्वक राति नै टेन्डर खोलेर कंसाकारले अभिष्ट पूरा गरिएको समेत उजुरीमा उल्लेख गरेका छन् । टेन्डर पेस गर्दैमा किर्ते कंसाकारको योजनामा निगमले टेन्डर पेस गदैर्मा किर्ते गरेको समेत पाइएको छ ।

‘एएआरकम्पनीको टेन्डरमा जर्मन क्यापिटल एभिएसनको सही र छाप लगाई किर्ते गरी टेन्डर पेस गरिएको छ,’ उजुरीमा भनिएको छ ।  साँघु पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१