राजधानीमा जारी लगानी सम्मेलनमार्फत विभिन्न देशबाट साढे १३ खर्ब बराबरको लगानीको प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७३, शुक्रबार २०:४१

काठमाडौँ,२० फागुन ।  राजधानीमा जारी लगानी सम्मेलनमार्फत विभिन्न देशबाट साढे १३ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ।

सरकारले १ खर्बको लगानी प्रतिबद्धता आउने अनुमान गरेकोमा १३ खर्ब ५२ अर्बको प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै चीनबाट प्रतिबद्धता आएको छ। ८ खर्ब ३० अर्बको प्रतिबद्धता चीनबाट आएको छ। बंगलादेशबाट २ खर्ब ४० अर्ब, बेलायत र जापानबाट १–१ खर्ब, श्रीलंकाबाट ५० अर्ब र भारतबाट ३१ अर्बको प्रतिबद्धता आएको उद्योग मन्त्रालयले जनाएको छ।

यो लगानी भित्र्याउनका लागि उद्योग मन्त्रालय, लगानी बोर्ड तथा राष्ट्रिय योजना आयोगको समन्वयमा एक कमिटी गठन गरिने बताइएको छ। सो कमिटीले ति देशको लगानी भित्र्याउनका लागि समन्वयात्मक भूमिका निर्वाह गर्नेछ।

जलविद्युत क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ।

राजधानीमा बिहीबारदेखि जारी रहेको ‘इन्भेष्टमेन्ट समिट’मा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य लगायत विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएकोमा ति क्षेत्रका लागि सो लगानी प्रतिबद्धता आएको छ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले जलविद्युतदेखि होटलसम्मका विभिन्न क्षेत्रमा सो लगानी प्रतिबद्धता आएको जानकारी दिए। ‘यसबाट लगानी मुभमेन्टका लागि थप उर्जा मिलेको छ’ उनले भने।

नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको भन्दै विभिन्न क्षेत्रमा लगानी गर्न राजनीतिक दल र सरकारले आग्रह गरेका थिए।

उद्योग मन्त्रालयको आयोजनामा भएको लगानी सम्मेलन आज सकिँदैछ। सम्मेलनमा भारतीय फाइनान्स मन्त्री अरुण जेट्ली लगायतको उपस्थिति रहेको छ। त्यस्तै विश्वका साढे २ सय लगानीकर्ताको सहभागिता रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१