फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई निर्वाचन आयोगको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७३, सोमबार ०५:५३

काठमाडौँ, १६  फागुन। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले  सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने भन्ने निर्णयअनुसार नै आयोगको केन्द्रीय कार्यालयमा समेत दल दर्ताका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

यसअघि दल दर्ता गर्न छुटेकालाई समेत आयोगले दर्ताका लागि मार्गप्रशस्त गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१