३० वटा राजनीतिक दललाई एक सय रुपियाँ जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७३, आईतवार १२:४६

काठमाडौँ, १५  फागन  ।
निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने ३० वटा राजनीतिक दललाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम ती दलहरूलाई एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गर्दै सात दिनभित्र जरिवना तिर्न समय दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

निर्धारित म्यादभित्र स्पष्टीकरण पेस नगर्ने नौ राजनीतिक दल र पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएका १९ राजनीतिक दल गरी जम्मा ३० राजनीतिक दललाई एक रुपियाँ जरिवाना गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१