चौंरीको आलो रगत पिउने मेला शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार १९:३६

म्याग्दी ,८ साउन । म्याग्दीको शिख गाविस ६ स्थित खोप्रा लेकमा चौंरी गाईको आलो रगत पिउने मेला शुरु भएको छ । नाङ्गी–पाउद्धार संयुक्त चौंरीपालन समितिको आयोजनामा म्याग्दीको शिख गाविसमा भइरहेको मेलामा हिमाली भेगमा पाइने विभिन्न जडीबुटी खाएका चौंरी गाईको आलो रगत पिउने सर्वसाधारणको भिड लागेको छ ।15641_810227089001735_6973294121896588057_n
यार्सागुम्बा, जटामसी, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइने चरनमा चरेका चौंरीको आलो रगत पिएमा ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नीसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फुर्र्ति बढ्ने दाबी गर्दै समितिका अध्यक्ष रुद्रबहादुर तिलिजा मगरले रगत पिउन आउनेहरुको सङ्ख्या बर्सेनि बढ्दै गएकोे बताए ।
यद्दपी चिकित्सकहरु आलो रगत पिउँदा विभिन्न रोग लाग्ने खतरा रहेको बताउँछन् ।
पाँच दिनसम्म चल्ने मेलामा शिख, घार, नारच्याङ, भुरुङ तातोपानी, दाना, झिँ, पाखापानी, घतान, पुलाचौर, बेनीसँगै पोखरा र काठमाडौँबाट समेत आएका ५०० भन्दा बढी व्यक्तिले आलो रगत पिउने अनुमान गरिएको समितिका सचिव भीम पुनले बताए ।10457156_810228775668233_1020603745146894341_n
अध्यक्ष मगरका अनुसार प्रतिगिलास रु ८० का दरले मेलामा चौंरी गाईको रगत बिक्री गरेर भएको आम्दानी हिमाञ्चल उच्च मावि नाङ्गी र शिखको पाउद मावि सञ्चालन गर्न खर्च गरिँदै आइएको छ ।
विशेष प्रकारको छुराको सहयोगले चौंरीको घाँटीबाट २० देखि २५ गिलाससम्म रगत निकाल्ने र यसरी रगत निकाल्दा चौंरीको स्वास्थ्यमा कुनै असर नपर्ने रगत निकाल्ने काम गर्दै आएका (आम्ची) पर्तबहादुर चोचाङ्गी मगरले बताए ।
शिखको खोप्रामा प्रत्येक वर्षको साउन र लरेनीमा फागुन महिनामा आयोजना हुने यो मेलाका लागि २५० चौंरीपालन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१