बोसोवाला साबुनको विज्ञापन कसले दियोरु प्रेस काउन्सिलले माग्यो स्पष्टीकरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०७३, शनिबार १०:२७

काठमाडौँ  ।  उपभोक्तामाझ लोकप्रिय स्वदेशी साबुनमाथि प्रत्यक्ष हमला गर्दै भइरहेका बेनामे विज्ञापनबारे प्रेस काउन्सिलले संचारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको छ।

काउन्सिल अन्तर्गतको आचरसंहिता उपसमितिको आज बसेको बैठकले संचारमाध्यममा बेनामे विज्ञापन आइरहेको भन्दै त्यसबारेमा प्रष्ट पार्न सम्बन्धित संचारमाध्यममा पत्र पठाउने निर्णय गरेको काउन्सिलका प्रवक्ता दिपक खनालले जानकारी दिए।

केही दिनयता छापामा ‘जनहितका लागि’ भन्दै एउटा विज्ञापन आइरहेको छ, जसले ‘कतै तपाईंको नांगो साबुनमा बोसो त छैन’ भन्ने नारा प्रचार गरिरहेको छ। ठूलो स्तरमा भइरहेको यो प्रचारबाजी कुन निकायले गरिरहेको छ भन्ने खुलेको छैन।

उक्त्र रंगिन विज्ञापन प्रकाशित भएको तर कसले दिएको भन्ने नखुलेकोले काउन्सिलको ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति पनि जारी गरेको छ।

काउन्सिलले विज्ञापनको विश्वासनियताको लागि विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम अनिवार्य उल्लेख गर्नुपर्ने भएपनि त्यस्तो नभएको भन्दै पत्रकार आचारसंहिता उलंघन भएकोले त्यस्ता विज्ञापन प्रकाशन( प्रशारण नगर्न संचारमाध्यमलाई सचेत गराएको छ।

विज्ञापनले कसैलाई होच्याउने काम गरेको र आचरसंहिता पनि उल्लघंन गरेकोले सम्बन्धित संचारमाध्यमलाई सोको वास्तविकता प्रष्ट पार्न निर्देशन दिने निर्णय गरेको काउन्सिलले आइतबार विज्ञापन प्रकाशित गर्ने संचारमाध्यमलाई पत्र पठाउने प्रवक्ता खनालले सेतोपाटीलाई जानकारी दिए।

यसरी काउन्सिलले पठाएको पत्रको जवाफ मिडियाले दिनैपर्ने र यदि नदिएमा काउन्सिलले ताकेता गर्ने खनालले प्रष्ट पारे।

साथै काउन्सिलले उपभोक्ता हितमा काम गर्ने संघसंस्थाहरुको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

यसअघि स्वदेशी साबुन उद्योगीहरुले आफ्ना उत्पादनलाई नियोजित तरीकाले होच्याउने काम भएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१