दोस्रो किस्ताका लागि १२ अर्ब निकासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७३, बिहीबार १७:१२

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि झण्डै १२ अर्ब निकासा गरेको छ । ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिइएको प्राधिकरणले बताएको छ ।

पहिलो किस्ता पाइसकेर आधारभुत तहको निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको आवास अनुदान रकम बितरण गरिने पोखरेलले बताए ।

तत्कालका लागि दोस्रो किस्ताको रुपमा रहने १ लाख ५० हजार रुपैयाँ अनुदान लिन आउने लाभग्राहीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१