रसुवा तेस्रो महोत्सव सम्पन्न, रु ४० लाख बराबरको कारोबार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७३, सोमबार १३:४३

रसुवा । महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने नाराका साथ रसुवा तेस्रो महोत्सव सम्पन्न भएको छ ।

महोत्सव अवधिमा रु ४० लाख बराबरको कारोबार भएको छ । महोत्सव आयोजक संस्था लहरेपौवा महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालका अनुसार गत पुस २८ देखि माघ ९ गतेसम्म आयोजित महोत्सवमा २० हजारले अवलोकन गरेको र स्टलमा राखिएका कृषिजन्य, हस्तकला, काष्ठकला, कृषि औजारलगायतका सामग्रीले ग्रामीणवासीलाई काममा थप प्रेरणा मिलेको जनाइएको छ ।

महोत्सव अवधिभर पर्यटन व्यवसायी, विभिन्न विधाका कलाकर्मी, गीतकार, गायककार, राजनीतिक दलका प्रतिनिधि समेतको सहभागिता रहेको आयोजक संस्थाले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१