बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छः महासचिव सिपी मैनाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७३, सोमबार ०९:०८

काठमाडौँ । नेकपा (माले) का महासचिव सिपी मैनालीले बौद्ध दर्शन तथा साहित्य मानव कल्याणका लागि उपयोगी रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

बुद्ध शान्त पार्क निर्माण समितिद्वारा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले बुद्धले विश्व समुदायलाई शान्ति, सहअस्तित्व र सद्भाव कायम राख्नका लागि उपदेश प्रवाह गरेको बताउनुभयो । उहाँले नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न बुद्धका विचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्यले नेपालमा बुद्ध जन्मिएको भए पनि बौद्ध साहित्यको आवश्यक प्रचारप्रसार हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष शान्तबहादुर शाक्यले गैँडाकोट नगरपालिका–३ स्थित त्रिवेणी धाम ९देवघाट० मा करिब रु १४ करोडको लागतमा बुद्ध शान्त उद्यान निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा लाजिम्पाट पर्यटन विकास बोर्डका अध्यक्ष प्रवीना श्रेष्ठले संस्थाका तर्फबाट सो पार्क निर्माणका लागि रू एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१