आइएसलाई ध्वस्त पार्नु मेरो पहिलो प्राथमिकता हो: ओबामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७२, बुधबार १५:३७
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादी समूह आईसलाई ध्वस्त पार्नु आफ्नो पहिलो प्राथकिता भएको बताएका छन्। इस्लामिक अतिवादी आइएसले पछिल्लो समयमा सिरिया र इराकमा आफ्नो आधार गुमाउदै गएको अवस्थामा राष्ट्रपति ओबामाले यो धारणा राखेका हुन्। obama
‘हामीले उनीहरूको नेतृत्वको चियो गर्ने मात्र नभई उनीहरूको आर्थिक सञ्जाल, पूर्वाधारहरूको पनि विशेष सूचना हात पारिरहेकोले उनीहरूको समूहलाई ध्वस्त बनाएरै छोडिनेछ,’ राष्ट्रपति ओबामाले भने।
ह्वाइट हाउसमा मङ्गलबार अमेरिकी उच्च सैनिक अधिकारीहरूसँगको बैठकमा राष्ट्रपति ओबामाले अमेरिकाले सो कार्य गर्नुपर्छ र त्यसको नेतृत्व पनि अमेरिकी सेनाले लिनु पर्ने बताए।
सो अन्तरक्रियामा उनले भने, ‘हामीले ती आतङ्ककारीहरूलाई आफ्नो कब्जाभित्र पार्न गइरहेका छौँ र छिट्टै नै तिनलाई हराइछोड्ने छौँ।
अोबामाले  टर्की र बेल्जियमलाई हेर्दा अझै पनि उनीहरूसँग यस्तो शक्तिशाली हमलाका लागि तागत छ भन्ने देखिन्छ भन्दै तर उनीहरूलाई यसभन्दा अघि बढ्न नदिइने बताए।
उनले सरकारका विभिन्न निकायबीच समन्वय गर्ने, समन्वयात्मक रुपमा ती विभागका बीचमा काम हुनुपर्ने भन्दै सैनिक कारबाही र गुप्तचर निकायबीचको काम समन्वयात्मक रुपमा हुनुपर्नेमा जोड दिए।
सन् २०१५ देखि विश्वमा नयाँ चर्चामा आएको यस आतङ्ककारी संगठनले पछिल्लो समयमा युरोपलाई बढी तारो बनाउदै आएको छ।
यस संगठनले गत वर्षमात्र फ्रान्सको राजधानी पेरिसमा हमला गरेको थियो । त्यस्तै गत महिनामात्र बेल्जियमको राजधानी ब्रसेल्समा यस्तै अर्को आक्रमण भएको थियो।
सुरुमा इराक र सिरियामा सुरु गरिएको उनीहरूको आतङ्क हालका दिनमा भने घट्दै गएको छ । ती देशमा अमेरिकी सैनिकको सशक्त कारबाहीका कारण आक्रमणमा कमी आएको बताइएको छ। आइएस विरुद्धको कारबाहीका लागि संयुक्त राज्य अमेरिकाको समन्वयमा विश्वका कैयौं देशले अभियान चलाएका छन् । युरोपेली देशहरू यसका सदस्यहरू रहेका छन् । रासस/एपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१