देउवाले गरे बुधबार ७ जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७२, बिहीबार ०५:३२

७ जनालाई कांग्रेस केन्द्रीयकाठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार ७ जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । बुधबार पार्टी कार्यालय सनेपामा आयोजित नवनिर्वाचितलाई प्रमाण पत्र वितरण समारोहपछि उनले सात जनालार्इ केन्द्रिय समितिमा मनोनित गरेको घोषणा गरेका हुन् । देउवा कांग्रेसको १३अाै महाधिवेशनबाट नेपाली कांग्रेसकाे सभापति पदमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसकाे विधानले निर्वाचित सभापतिलाई २१ जनासम्म केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएकाे छ । १३अाै महाधिवेशनमा अाफूसँग सभापतिमा प्रतिस्पर्धा गर्ने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहित विरामी अवस्थामा उपचार गराइरहेका नरहरि अाचार्यलार्इ पनि समेटेर केन्द्रिय सदस्य मनाेनित गरेका हुन् । त्यसबाहेक, महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, गगन थापा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई मनोनित देउवाले केन्द्रिय सदस्यमा मनाेनित गरेका छन् । कार्यक्रममा बोल्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले पार्टीमा सबैलार्इ समेटेर एक ढिक्का भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन । निर्वाचित ६४ जनालाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१