भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतले प्रधानमन्त्री भेटे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार ०६:१४
ओलीकाठमाडौँ ,३ चैत । संविधान निर्माणको आखिरी घडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएर विवादित बनेका विदेश सचिव एस जयशंकर काठमाडौं आएका छन् । कान्तिपुर दैनिकमा समाचार छ।
पोखरामा आयोजित सार्क विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन सोमबार राति काठमाडौं ओर्लेका उनले मंगलबार प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई भेटे ।
करिब ४५ मिनेटको भेटमा प्रधानमन्त्री ओलीले संविधान निर्माण नेपाली इतिहासको कोसेढुंगा भएकाले अब समृद्धिको दिशामा नेपाललाई भारतले सहयोग गर्नुपर्ने अपेक्षा राखेका थिए । नेपाली भूमि कुनै पनि छिमेकी मुलुकको विरुद्ध प्रयोग हुन नदिनेमा सरकार सचेत र प्रतिबद्ध रहेको ओली-जयशंकर भेटलाई उद्धृत गर्दै बालुवाटार स्रोतले जानकारी दियो ।
जयशंकरले नेपालको स्थायित्व र विकासका लागि भारत सहयोगी बन्न चाहेको बताउदै पछिल्लो राजनीतिक विकासक्रमबारे जिज्ञासा राखेका थिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१