कांग्रेसका महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बुधबार प्रमाणपत्र दिइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७२, मंगलवार १६:१७
काठमाडौँ । महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको प्रमाणपत्र बुधबार वितरण हुने भएको छ।
पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित सभापति, महामन्त्री, कोषाध्यक्ष र सदस्यहरूको परिणाम सार्वजनिक भएलगत्तै निर्वाचन समितिले निर्वाचित सबै पदाधिकारी र सदस्यहरूलाई बुधबार अपराह्न ४ बजे पार्टी मुख्यालय सानेपामा एक कार्यक्रमको आयोजना प्रमाणपत्र वितरण गर्न लागेको हो।
फागुन २० गतेदेखि सुरू भएको महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयनको निर्वाचन २३ गते सम्पन्न गरेको थियो। जसको अन्तिम परिणाम सोमबार साँझमात्रै आएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१