ठूला हस्ती भएर पनि पराजित हुने कांग्रेसी नेता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १७:२०

काठमाडौँ । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यको निर्वाचनमा उम्मेदवार बनेका पार्टीका हस्तीहरू पराजित भएका छन् ।

पार्टीको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको २५ खुला केन्द्रीय सदस्यको निर्वाचनमा ९० जनाले उम्मेदवारी दिएका थिए । खुला सदस्यको आज सार्वजनिक मतगणनाअनुसार पद्मनारायण चौधरी एक हजार ३०४, लक्ष्मणप्रसाद घिमिरे ४४५, गोविन्दराज जोशी एक हजार १११, चिरञ्जीवी वाग्ले ७४३, विनयध्यज चन्द ४४३, तारानाथ रानाभाट ९४०, मनमोहन भट्टराई एक हजार १६२, सूर्यमान गुरुङ ६८५, अशोक कोइराला एक हजार १२५, रामकृष्ण ताम्राकार ८६५, लक्ष्मणबहादुर बस्नेत ७४७ मतसहित पराजित भएका छन् ।congrees-hasti

पद्मनारायण चौधरी एक हजार ३०४ मतसहित २६औँ नम्बरमा परेर पराजित भए भने २५ औँ नम्बरमा विजयी एका डा मीनेन्द्र रिजालले एक हजार ४२० मत प्राप्त गरेका छन् ।

त्यस्तै पार्टीका युवा हस्तीहरू उदयशम्शेर राणा एक हजार ३०२, जिपछिरिङ लामा एक हजार २८०, पुष्करनाथ ओझा ७१४, रामहरि खतिवडा एक हजार, शोभाकर पराजुली ६०५, ध्रुव वाग्ले ८६६, पुष्पराज पराजुली ५६८, बालकृष्ण दाहाल ३२७, मित्रसेन दाहाल ५८३, मोहन ज्ञवाली ६८६, महेन्द्र कुमार शर्मा ६४६, टेकराज पौडेल ४६९ र हुर्मतकुमार न्यौपाने २०३ मतसहित पराजित भएका छन् ।

विजयी सदस्यहरूमध्ये दुईजना रमेश लेखक र विश्वप्रकाश शर्मा केन्द्रीय समितिमा नयाँ अनुहार हुन् भने बाँकी सबै यसअघिको केन्द्रीय समितिका सदस्य हुन् । पच्चीस खुला सदस्यमा सुजाता कोइराला एक मात्र महिला उम्मेदवार विजयी भयन् भने अर्का महिला उम्मेदवार डिना महालक्ष्मी उपाध्याय एक हजार २४९ मत प्राप्त भएपनि पराजित भइन् ।

यही फागुन २३ गते पदाधिकारीसहित ६४ सदस्यका लागि भएको निर्वाचनको अब प्रदेश केन्द्रीय सदस्यको मात्र मत परिणाम आउन बाँकी छ । सो पदको सोमबार साँझसम्म मत परिणाम आइसक्ने पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

काँग्रेसको खुला सदस्यमा प्रतिस्पर्धा गरेका केही बुद्धिजीवी नेताहरूसमेत पराजित भएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल एक हजार ९६, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल ४४८, नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का २०४, पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे २१०, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहटा २५५ मत प्राप्त गरी पराजित भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न उक्त मतगणनाअनुसार खुल्ला २५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकामध्ये डा शेखर कोइरालाले सबैभन्दा बढी एक हजार ८४८ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै खुमबहादुर खड्का एक हजार ८४६ मतसहित दोस्रो स्थानमा विजयी भएका छन् । फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुल तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो । तीन पदाधिकारी र २१ समावेशी केन्द्रीय सदस्यको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ । रातोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१