कस्तो छ नरहरि आचार्यको स्वास्थ्य ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७२, शनिबार ०९:४८
narahari-charyaकाठमाडौं । मस्तिष्कघातका कारण अस्पताल भर्ना भएका कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको न्युरो अस्पतालले जनाएको छ ।
 
अस्पतालका निर्देशक प्रताप देवकोटाका अनुसार उनले भेट्न आउनेलाई प्रस्ट चिन्न थालेका छन् । यस्तै मुखबाट खानेकुरा खुवाउन पनि सुरु गरिएको छ । देवकोटाले बोली अझै आउन नसकेको र उनको शरीरको दायाँतर्फको भाग भाग नचलेको जानकारी दिए ।
 
पछिल्लो २४ घन्टामा रक्तचाप र श्वासप्रश्वास प्रक्रिया सामान्य रहेको अस्पतालले जनाएको छ । मस्तिष्कको नसा फुटेर बगेको रगतको थेग्ला पनि नफैलिएकाले पहिलेदेखि नै अपनाइएको उपचार विधिलाई नै निरन्तरता दिइने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१