बहिर्गमित माओबादी सेनाका लडाकुका बारेमा गम्भीर बनौ : शान्ति मन्त्रि ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ माघ २०७२, बिहीबार २१:००
36f7f91d-e7d9-4073-8e6f-06db57f8a66aकाठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले बहिर्गमित  माओबादी सेनाका लडाकुको ब्यबस्थापन गर्न सम्बन्धित पक्षहरु गम्भीर हुनुपर्ने बताउनु भयको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रि ढकालले राज्यका प्रमुख  अंगहरु बीच आबस्यक समन्नोयनको अभाबले बहिर्गमित लडाकुका समस्या समाधानमा जटिलता भयको बताउदै  सरकारले शान्ति प्रकृया संग सम्बन्धित सबै बिषय सदाका लागि  स्थायी रुपमा हल गर्न चाहेको बताय । मन्त्रि ढकालले बिगतमा सरकारले बहिर्गमित लडाकुहरुलाई दुइ लाखका दरले सहयोग गर्ने निर्णय गरेपनि सम्मानित सर्बोच्च अदालतबाट आबस्यक कानुन बनायर मात्र दिन सकिले फैसला गरेकोले कानुन बिना चाहेर पनि मन्त्रालयले समस्या समाधान गर्न जटिल रहेको बताउनु भयो ।  मन्त्रि ढकालले शान्ति तथा पुनर्निर्माण मन्त्रालयले शान्ति प्रकृया संग सम्बन्धित सबै बिषय सदाकालागि सकारात्मक निस्कर्षमा पुर्याउन चाहेको र सोहि अनुरुप कार्ययोजना बनाइने बताउदै  सम्पूर्ण राजनैतिक समुहलाई शान्तिपूर्ण बार्ताको माध्यमबाट निकास खोज्न आग्रह गर्नु भयो ।  चार हजार नौ जना बहिर्गमित  माओबादी सेनाका लडाकुहरुले विभिन्न माग गर्दै दबाब पूर्ण कार्यक्रम गर्दै आयका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१