बेलायतमा बाढीका कारण लाखौं मानिस प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७२, आईतवार १७:००

तस्बिर: बिबिसी


उत्तरी बेलायतमा निरन्तरको भारी बर्षापछिको बाढीका कारण लाखौं मानिस प्रभावित भएका छन्।

औस र फोस नदीको बाढीले नराम्ररी प्रभावित योर्क शहरबाट करिब ४ सय मानिसको उद्धार गरिएको छ। बाढीका कारण योर्कमा नीजी र सरकारी भवन सहित ३५ सय सम्पदा जोखिममा परेको उद्धारकर्मीहरुले जनाएका छन्।

इंग्लयाण्ड, स्कटल्याण्ड र वेल्सका विभिन्न ठाउँमा बाढीको आपत्‌कालीन सूचना जारी भएको छ। विभिन्न स्थानमा घरहरु खालि गराएर सर्वसाधारणलाई सुरक्षित स्थानमा लगिएको छ।

वातावरण मन्त्री लिज ट्रसले यसपटकको बर्षा अभूतपूर्व रहेको भन्दै यसले मुलुलकलाई आक्रान्त बनाएको बताए।

बाढीपछि प्रधानमन्त्री डेबिट क्यामरुनले आपतकालीन बैठक बोलाएका छन्। उनले सोमबार केही प्रभावित क्षेत्रको निरिक्षण गर्ने कार्यक्रम पनि तय गरेका छन्।

शुक्रबार सुरु भएको भारी बर्षाले ग्रेटर म्यान्चेष्टर, साल्फोर्ड, बोल्टन लगायत सहर पनि पूर्ण रुपमा प्रभावित छन्।

आइतबार पनि यसक्षेत्रमा भारी बर्षा हुने बिबिसीको अनुमान छ। setopati बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१