सांसद अनुराधा थापामगरले दिईन भारत विरुद्ध कडा अभिव्यक्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ पुष २०७२, बिहीबार ०५:४१

– अनुराधा थापामगर ।

नेपालमा नाकाबन्दी लगाएको विषय भारतको राज्यसभामा छलफलको विषय भएको छ। तर हामीले हाम्रो संसदमा छलफलको विषय बनाउन पाएको छैनौँ। गत मंसिर १५ गते भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हाम्रो देशका परराष्ट्र मन्त्रीलाई के नेपाल यति भद्रगोल अव्यवस्थित भइसक्यो, सम्हालिनै नसक्नेु, भनेर होच्याएर बोलेको कुरा समाचारमा आएको छ।

जबकि भारतमा वर्षको १ लाख किसानले आत्महत्या गर्छन्। वार्षिक १ लाखभन्दा बढी बालबालिकाको अपहरण हुन्छ। ५० प्रतिशत भन्दा बढी जनताको शौचालय छैन। ६० करोड जनताले एक छाक खान्छन्। ३० करोड जनताले मागेर खान्छन्।

सबैभन्दा धेरै छोरीहरुको हत्या हुने देश र सबैभन्दा बढी बलात्कार हुने देश भारत हो। भारतमा ४५ प्रतिशत बढी बालबालिका कुपोषित छन्। कसको देश भद्रगोल र सम्हालिनै नसक्नेरु उक्त भनाईको नेपाल सरकारले खेद प्रस्ताव पारित गर्नुपर्छ।

तपाइँको संसदमा हाम्राविरुद्ध नारा लगाउनु हुन्छरु भनेर प्रश्न पनि गरियो। हामीले सञ्चार माध्यमहरुबाट सुन्यौँ। नेपालको संविधानलाई लिएर नाकाबन्दी लगाएपछि र पारवहन अधिकार नदिएपछि प्रश्न उठ्नु स्वभाविक हो। नेपालमा भारतले गरेको आन्तरिक हस्तक्षेप र पारवाहन अधिकार नदिएको सम्बन्धमा, नाकाबन्दीको विषयमा हामीले संसदमा दर्ता गराएको प्रस्ताव छलफलमा ल्याउनुपर्छ।

मन्त्रिपरिषद्को निर्णय नेपालका परराष्ट्र मन्त्रीले भारतका विदेश मन्त्रीलाई किन जाहेर गर्नुपर्छरु त्यसको जवाफ सरकारले सदनमा दिनुपर्छ। साथै भारतीय राजदूतले नेपालको आन्तरिक मामिलाबारे नेपालमा आन्दोलनरत दलका नेताहरुलाई किन सम्झाउनुपर्ने अवस्था आयोरु यो पनि प्रश्न छ।

भारतले नेपाललाई सिक्किम बनाउन खोजेको हो वा बंगलादेशरु भारतका लागि लेण्डुप दोर्जेको भूमिका निभाउने नेताहरु को को हुन्रु त्यसको पनि खोजी हुनुपर्दछ। राष्ट्रपतिको अपमान भएको विषयमा – अपमान कसैको गर्न हुँदैन। महिला भएकै कारण अपमान गरिएको भन्दा पनि सामाजिक बन्दोबस्तको बिम्बको रुपमा हामीले बुझ्नुपर्दछ। सामन्ती र पुँजिवादी दृष्टिकोण भएकाहरुले समाजमा कामदार वर्गलाई हेला गर्दै आएका हुन्छन्। सामन्ती समाजमा धनीले गरिबलाई र पुरुषले महिलालाई हेला गर्ने भएकाले सामाजिक बन्दोबस्त र सामान्तवादी मानसिकताको अन्त्य गर्नुपर्दछ।

नेपाली समाजमा र तराईको समाजमा विशेषगरी रहेको दाइजो प्रथा, महिला हिंसा, अन्धविश्वास यो नरोकिसम्म महिलामात्र राष्ट्रपति भएर नहुने रहेछ भन्ने देखिएको छ यसबाट।

सञ्चार माध्यमहरुमा विश्लेषण सुनिन्छ – यो घटनाले मन्दिरमा राष्ट्रपतिलाई नजानु भन्ने अर्थ पनि लाग्न सक्ने र धर्म निरपेक्षताको अर्थ खोजेको पनि हुन सक्ने वा धर्मको विरोध गरेकै पनि हुन सक्ने विश्लेषणहरु हामीले पढिराखेका छौँ।

महत्वपूर्ण कुरा, यसको पछाडि कसकसको हात छरु त्यसलाई खोजीको विषय बनाइनुपर्छ, हामीले इतिहास हेर्ने हो भने बेलायतले भारतमा हिन्दु र मुस्लिमबीच झगडा लगाएको इतिहास छ। भारतले पनि नेपालमा मधेशी पहाडी झगडा लगाउन खोजेको त हैनरु यसमा पनि हामीले छलफल गर्नुपर्छ।

धार्मिक, क्षेत्रीय, भाषिक या जातीय साम्प्रदायिकता गलत हुन्छ। यसलाई कसैले पनि प्रश्रय दिनु हुदैँन। मधेस आन्दोलनमा भारतको हात रहेको भनी भारतकै चर्चित पत्रिका इकोनोमिक एण्ड पोलिटिकल विक्लीले प्रकाशन गरिसकेको छ। यो राष्ट्रपतिको अपमानको सन्दर्भमा पनि भारतको हात छ कि छैनरु यो पनि खोजीको विषय हुनुपर्छ।

(बुधबारको व्यवस्थापिका संसद बैठकमा नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापामगरले भारत विरुद्ध कडा अभिव्यक्ति दिएकी छिन् । थापामगरले संसदमा दिएको अभिव्यक्ति)https://youtu.be/mnGUIozNbAU

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१