पौष ९ गते रोल्पा खुला दिसामुक्त र पूर्ण साक्षर जिल्ला घोषणा हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७२, बुधबार ०६:२१

sssssssनवीन लोचनमगर / रोल्पा।  सन् २०१५ अर्थात् पौष १६ भित्रै रोल्पा जिल्लालाई खुला दिसामुक्त गरिसक्ने निर्धारित लक्ष्यअनुसार आउँदो पौष ९ गते नै रोल्पा खुला दिसामुक्त जिल्ला हुने भएको छ । १३ औं जिल्ला परिषद् तथा सरसफाइ रणनीतिक योजना –२०६३ले बनाएको लक्ष्यअनुसार यो अभियान थालिएको थियो । लक्ष्यअनुसार जिल्लाका सबै गाविस तथा नगरपालिका खुला दिसामुक्त भइसकेपछि २०७२ मंसिर १० गते क्षेत्रीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सुर्खेतको बैठकले रोल्पा जिल्लालाई खुला दिसामुक्त गर्न अनुमति दिएपछि सोही वमोजिम मंसिर १६ गते जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति रोल्पाको बैठकले पौष ९ गते घोषणा गर्ने निर्णय गरेको हो ।

‘एक घर एक चर्पी रोल्पावासीको सान, पूर्ण सरसफाइयुक्त रोल्पा जिल्ला हाम्रो पहिचान’ भन्ने मूल नारासहित तेह्रौं जिल्ला परिषदले त्यसलाई औपचारिकता दिएको थियो । रोल्पामा ४४ हजार १ सय ११ कुल घरधुरी संख्या छ । ती सबैले शौचालय निर्माण गरी प्रयोेग थालेपछि यो अभियान सार्थक हुने भएको हो ।

त्यसैगरि रोल्पा जिल्लालाई यही २०७२ पौष ९ गते नै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाको एक नगरपालिका र ४९ गाविसका ९५ प्रतिशत साक्षर रहेको र समग्र जिल्लाको साक्षरता अवस्था ९८.३ प्रतिशत रहेको दावी गर्दै मंसिर मसान्तभित्रै सबै पूर्ण साक्षर हुने बताएको छ । आगामी पौष ९ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिसकिएको सन्दर्भमा यस्तो डाटा सार्वजनिक गरिएको हो । जिल्ला शिक्षा कार्यालयको कार्यक्रम अनुसार मंसिर २९ गतेसम्म नगरपालिका तथा सबै गाविसलाई पूर्ण साक्षर घोषणा गरिसक्ने योजना छ ।

१७ गतेबाट लगातार साक्षर घोषणा कार्यक्रम राखिएको छ । जसअनुसार २९ गतेसम्म सबै गाविस घोषणा हुनेछन् र पौष ९ गते विधिवत् कार्यक्रमसहित उपराष्ट्रपतिबाट पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम छ ।

‘शिक्षित अभिभावक साक्षर समुदाय, गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने नाराका साथ थालिएको अभियानले पौष ९ गते सार्थकता पाउने बताइएको छ । रोल्पालाई पूर्ण साक्षरसँगै खुला दिसामुक्त जिल्ला समेत पोष ९ गते घोषणा गरिँदैछ । घोषणाका लागि उपराष्ट्रपति नन्दकिशोर पुनमगर, सभामुख ओनसरी घर्तीमगरसहित मन्त्रि तथा सभासदहरुको सहभागीता रहने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१