भूकम्प पिडीत रसुवाका विद्यार्थीलाई युनिट्राभले बाँड्यो शैक्षिक सामाग्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७२, बुधबार १०:०४

sadf रसुवा । रसुवा जिल्लाको विकट भोर्ले गाविसका ३ विद्यालयका करिब १ हजार छात्रछात्राले राहतस्वरुप शैक्षिक सामाग्री प्राप्त गरेका छन् । एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर युनियन (युनिट्राभ) मार्फत छात्रछात्राहरुले शैक्षिक सामाग्रीअन्तर्गत झोला, पेन्सील, कापी, पानी पिउने बोतल लगायतका शैक्षिक सामाग्री प्राप्त गरेका हुन् ।
मंगलबार रसुवाको विकट भोर्ले गाविस गोसाईकुण्ड माविमा आयोजित एक कार्यक्रमका अवसरमा जिफन्टका महासचिव विष्णु लम्सालले गोसाईकुण्ड मावि, घोर्मु प्रावि यार्सा, माजुङ प्राविका विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव लम्सालले देशको योग्य जनशक्ति बन्नका लागि शैक्षिक ज्ञान नै सबैभन्दा महत्वपूर्ण पाटो भएको भन्दै विद्यार्थी भाईबहिनीहरुलाई उपलब्ध सानो सहयोगले पनि उनीहरुको उज्वल भविष्यको कामना गरिएको बताए ।
दातृसंस्था एफएनभिको सहयोगमा युनिट्राभले उक्त राहात सामाग्री रसुवाको विकट भोर्लेसम्म पुर्याएको हो । sdfsdfsd
कार्यक्रममा युनिट्राभका महासचिव सुमन पराजुलीले ट्रेकिङ मजदुरका अधिकाँस बालबालिकाहरु रहेको भोर्लेमा यसअघि पनि खाद्यान्न लगायत राहत सामाग्री वितरण गरिएको र अहिले विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस् भन्ने हेतुले शैक्षिक सामाग्री राहत उपलब्ध गराएको बताए ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा पर्यटन व्यवसायी शिव लामिछाने, जिफन्ट वागमती अञ्चल अध्यक्ष रामहरि नेपाल, युनिट्राभका सचिव रामबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१