बिहे नै नगरी रचनाकार सुरेन्द्र को छोरा- बिरेन्द्र थपलिया नाति पाएकोमा अत्यन्त खुसी (भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ मंसिर २०७२, आईतवार ०९:०४

12319763_948230771909459_1791590183_nकाठमाडौँ । युवा पुस्तामाझ चर्चा बटुलिरहेका रचनाकार हुन् सुरेन्द्र थपलिया । उनले भर्खरै मात्र आधुनिक गितको संगालो ‘स्मरण’ बजारमा ल्याएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘स्मरण’को बिमोचन गरिएको हो । संगितकार डा. कृष्णहरी बरालले सो एल्बमको बिमोचन गर्दै एल्बममा समावेश भएका गित स्मरण गर्न लायक रहेको बताए । श्रोता र दर्शकको चाहानालाई बुझेर सुरेन्द्रले एल्बम तयार पारेका छन् । सुरेन्द्रको गीतकारितामा परिपक्वता भेटिन्छ भन्नुहुदै उहाँले नेपालको संगित क्षेत्र धरासायी भएको अवस्थामा नयाँ नयाँ सृजना आउनुले संगित क्षेत्रमा थप एक इट्टा थपिएको बताउनु भयो । डाक्टर बरालले समाजमा भएका विषय बस्तुलाई पनि गीतसंगितमा समावेश भएकोमा खुसी ब्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार/ निर्देशक माधब खरेलले म्युजिक भिडियोको खुलेर प्रसम्सा गर्नु भयो । समाजिक परिवेशको र चेतनामूलक भिडियो बनेको भन्दै उहाँले यस्ता भिडियोहरु मिडियाले प्राथमिक्ताका साथ् प्रसारण गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्नुहुदै थपलिया समाजका अध्यक्ष बिरेन्द्र थपलियाले समय र समाज अरुसार गीत संगीत बन्नु पर्नेमा जोड दिदै आफुलाई “स्मरण”को भिडियो हेर्दा गर्व लागेको बताउनु भयो । उहाँले सुरेन्द्र आफ्नो छोरा र स्मरण एल्बम नाति जस्तै हो भन्नू भएको थियो । उपस्थित सम्पुर्ण बक्ताहरुले स्मरण र सम्पुर्ण टिमलाई शुभकामना दिए । वर्णमाला क्रियसन एण्ड देशभक्त मिडिया नेटवर्कको प्रस्तुती रहेको सो एल्बममा थपलियाको एकल शब्द रहेको छ भने चर्चित संगीतकार राम सिटौलाको एकल संगीत रहेको छ । ‘स्मरण’मा चार वटा गित समावेश गरिएको छ, जसमा मुटुदुख्यो बेसरी बेसरी, चोखोमाया दिन्छु तिमिलाई, कति आए कति गए, माया माया भन्छौ युवा देशको माया कति छ ? जस्ता देशभक्ति र आधुनिक गितहरु रहेका छन् । स्मरणमा सत्यराज आचार्य, दिपक लिम्बु, रजिना रिमाल, प्रमोद खरेल, देविना भट्टराई लगायतको स्वर रहेको छ । एल्बमको दुई वटा भिडियो पनि तयार भैसकेको छ । 12305802_948230845242785_2128488088_nभिडियोमा नायक राजन लामिछाने, नयिका रुपा खनाल र स्मीता थपलिया, कलाकार नयन राज पन्डे, राजन थपलिया, अनिता श्रेष्ठ लगायतको अभिनय रहेको छ । मुटुदुख्यो बेसरी बेसरी र कति आए कति गए बोलको गीतको भिडियो बनाईएको हो । दुबै म्युजिक भिडियोको निर्देशन चाल लगाएत ठुलो पर्दाको फिल्मको निर्देशन गर्नुभएका अनुभबी निर्देशक रुपेश उप्रेतीले गरेका हुन् । बाँकी दुई गित भिडियो बन्ने क्रममा रहेको रचनाकार थपलियाले जानकारी दिए । यि गीतहरु चाँडै नै भिसिडिमा पनि सार्वजनिक गरिने उनको भनाई छ । मलाई श्रोता र दर्शकको माया चाहिन्छ भन्दै सुरेन्द्रले गीत सुनेर प्रतिक्रिया दिन अनुरोध गरे । श्रोता र दर्शनक नै आफ्नो भगवान भएको भन्दै उनले भगवानको आशीर्वाद पाए फेरि छिट्टै स्मरण-२ बजारमा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरे ।https://youtu.be/MRR3qRvQHMs

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१