कति दिन बाँच्छु थाहा छैन तर सरकारमा छउन्जेल राम्रो काम गर्छु : प्रधानमन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ मंसिर २०७२, मंगलवार १०:१६

काठमाडौँ,८ मङ्सिर।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्य सरकार टिकाउनु नभएको बताएका छन्। एनजिओ फेडेरेशनले राजधानीमा गरेको कार्यक्रममा ओलीले भावुक हुदैँ आफूलाई कतिपय मानिसहरुले ुसरकार टिक्दैनु भन्न थालेको उल्लेख गरे।

ुम स्पष्ट भन्न चाहान्छु कति मान्छेहरुले पनि भन्न पनि थालेका छन् ( यस्तै हो भने यो सरकार टिक्दैन। सरकार टिकाउनु र सरकारमा बसिरहनु मेरो उद्देश्य होइनु, प्रधानमन्त्रीले भने, ुम कति दिन बाँच्छु पनि मलाइ थाहा छैन। मान्छे त मर्छ। कहिले मरिएला चिन्ता गरेर बस्दिन। बाँचुन्जेल राम्रो काम गर्छु। सरकारमा छउन्जेल राम्रो काम गर्छु। देश र जनतालाइ निकै अगाडि बढाउँछु।

प्रधानमन्त्री ओलीले राजनीतिसहित मित्रताको समेत नयाँ परिभाषा गर्नुपर्ने अवस्था आएको बताए। ुसबै नयाँ परिभाषा खोज्नुपर्ने खालको अवस्था बनेको छ। सहयोग के होरु मित्रता के होरु उद्देश्यहरु के हुन्रु राजनीति के होरु परिभाषा खोज्नुपर्ने अवस्था आएको छु, ओलीले भने।

प्रधानमन्त्री ओलीले आफू गाउँबाट आएर सिंहदरबार छिरेको मान्छे भएको बताए।

म गाउँबाट आएर सिंहदरबार बसेको मान्छे। चल्ते चल्ते होइन, केही भिन्न काम गर्छु। राष्ट्रिय एकता कायम गर्न आवश्यक काम गर्छुु, ओलीको उद्घोष थियो।

उनले तराईमा अनावश्यक सेन्टिमेन्ट भड्किएको दावी गरे। ुम आफैँ तराईको मान्छे हुँ। तराई बहुतै बेठिक बाटोमा गइरहेको छ। उद्योगहरु बन्द भएका छन्, विद्यालय बन्द छन्, केही मान्छेको स्वार्थमा तराई गलत बाटोमा गइरहेको छ। तराईका लागि के विकास गर्नुपर्छ म तयार छुु, प्रधानमन्त्रीको भनाई थियो।

उनले आन्दोलनरत पक्षलाई हिसां नभड्काउन समेत आग्रह गरे। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका मागहरु सम्बोधनका लागि सरकार हदैसम्म लचकता साथ प्रस्तुत भएको उनको भनाई थियो। ओलीले सरकारले लचकता प्रस्तुत गरेको भन्दै मोर्चाले जनजीवन सामान्यिकरण गर्न सहयोग गर्नुपर्ने धारणा राखे।

लोकतान्त्रिक विधिबाट बनेको उत्कृष्ट संविधानमा असन्तुष्टि जनाउँदै हस्तक्षेप नगर्न घुमाउरो शैलीमा भारतलाई ओलीको आग्रह थियो। नेपालका जनप्रतिनिधिले जनादेश बमोजिम निर्माण गरेको संविधानमा कसैले आपत्ति जनाउनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो।

उनले अहिले जनताले भोग्नुपरेको दुख कष्ट छिट्टै हटेर जाने बताए।

भूकम्पपछिको पुर्ननिर्माण कार्य इन्धन संकटका कारण अघि बढ्न नसकेको भन्दै ओलीले इन्धनको जोहो गरेर पीडित जिल्लामा पुर्ननिर्माण कार्य तीव्रताका साथ अघि बढाउने आश्वासन दिए। पहिलोपोस्टबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१